Thursday, January 10, 2008

लोकबाजा : हाम्रा पुराना धर्मशास्त्रका अनुसार मान्छेसँगै संङ्गीतको उत्पति भएको पाइन्छ । महादेवले उच्चारण गरेका ६ वटा स्वरहरूमा पार्वतीले एक स्वर मिसाएर सा, रे, ग, म, प, ध, नि, उत्पत्ति भएको भन्ने पौराणीक मान्यता रहेको पाइन्छ । त्यस्तै सङ्गीतको जननीको रूपमा रहेको सामवेदबाटनै सङ्गीतको विकाश भयो भन्ने जनविश्वास रहेको छ । तर संङ्गीतको जे जसरी उत्पत्ति भएको भएतापनि गीतको स्वरमा बाजाको ताल मिलाउँदा त्यसले सबैलाई आनन्दित पार्दछ नै यसरी आनन्द प्राप्त गर्ने क्रम मानव समाजमा परापूर्वकालदेखि नै चल्दै आएको परम्परा हो । त्यसो त सङ्गीत र समाज एकअर्काको परिपूरक हुन । तर यहाँ रह्यो नेपाली लोकबाजाको स्थितिको कुरा । बाजा भन्ने बित्तिकै स्वर बाजा र ताल बाजाको कुरा आउने भएकोले नेपाली समाजमा दुवै प्रकारका बाजाहरू प्रचलनमा छन् । ती बाजाहरूमा कति बाजाहरू अरु बाजाहरूको प्रयोग गर्दै जाँदा लोप भए भने केही बाजाहरू अस्तित्व र संरक्षणको पर्खाइमा छन् । देश, कालः परिस्थितिअनुसार विभिन्न बाजाहरू निर्माण गरिए, त्यसलाई प्रयोग गरियो जति बढी प्रयोग भयो त्यति नै बढी जनसमक्ष भिज्दै गयो । समाजले ती बाजाहरूलाई विभिन्न सन्दर्भमा प्रयोग गर्न थाले । लोकबाजाकै रूपमा किरातकालिन समयदेखिनै मुर्चुङ्गा प्रयोगमा रहेको पाइन्छ । -किरातेश्वर शिवलिङ्ग, त्रिशुल र ॐ अक्षरको बनोट मुर्चुङ्गाको आकारमा एकरूपता भएकै कारण लोकबाजाको उत्पत्ति र विकास पनि मानव सभ्यताको विकासक्रमसँग जोडिएको छ भन्ने आधार छन् । नेपाली समाज बहुजातीय, बहुभाषिक र बहुसाँस्कृतिक समाज हो । इरानेली र मङ्गोलिएन सभ्यताको सङ्गम भूमिको रूपमा रहेको कारण पनि यहाँको साँस्कृतिक बिबिधतामा ब्यापकता पाईन्छ । त्यसो त भौगोलिक अवस्थाबाट पनि यहाँको मौलिक संस्कृति निर्माणमा अझ ऊर्जा थपिएको पाइन्छ । लोकबाजाको सन्दर्भको कुरा गर्दा यहाँ विविध जातीहरू छन । विविध जातिअनुसार जातिगत बाजाहरू छन । ती विविध जातिहरूले आ-आफ्नै प्रकारका बाजाहरू बजाएर विभिन्न धार्मिक मेला, पर्वहरू, साँस्कृतिक चाडपर्वहरू मनाउँदा ती बाजाहरू प्रयोगमा ल्याइन्छन । थोरै जनसंख्या भएका कुसुन्डा जातिमा समेत आफ्नै मौलिक नेपाली लोकबाजा (ईर्लुङ पिपिरी) रहेको छ । यसरी विविध जातजातिका ताल बाजा र सुर बाजाहरू अन्य विकसित -आर्थिक रूपमा मात्र) मुलुकको सङ्गीतमा मिसाउन सकिने र अन्य सङ्गीतमा नेपाली लोकबाजाको प्रयोगलाई ब्यापक बनाउन सकिने धेरै सम्भावनाहरू छन । डम्फू, मादल आदि बाजालाई पाखे बाजा भन्ने मनोवृत्ति बढ्दो छ । तैपनि बहुसंख्यक नेपाली मादलमा दोहोरी खेल्न तम्सिनेहरूको जमात पनि कम देखिदैन । विश्व सङ्गीतमा नेपाली लोकबाजाको प्रयोग मानव सभ्यताको विकाससँगै जन्मिएको सङ्गीत शताब्दियौंदेखि मानव हृदयको अभिन्न सहयात्रीकोरूपमा रहँदै र विकास हुँदै आएको छ । विश्वको जुनसुकैै ठाउँमा पनि सङ्गीतले महत्वपूर्ण स्थान ओगटेको छ । सङ्गीतप्रति रुचि नभएको मानिस भेट्टाउन पर्ने कठिनाईबाट सङ्गीतको महत्व टड्कारो देखिन्छ । यति महत्वपूर्ण र रुचिपूर्ण सङ्गीतको पृष्ठभूमिलाई नियाल्दा हामी सङ्गीतको आधारकोरूपमा विभिन्न किसिमका बाजाहरू भेट्टाउँछौ । विशेषतः मानवको जीवनशैली र सामग्रीको उपलब्धताअनुसार विश्वका विभिन्न ठाउँमा विभिन्न खालका बाजाहरूको सिर्जना र प्रयोग हुँदै आएको छ । कुनै एक समुदायका मानिसहरूले बोल्ने शाब्दिक भाषा अन्य समुदायका मानिसहरूले बुभ्न नसक्ने भएतापनि कुनै बाजाको भाषा -सुमधुर आवाज) विश्वका सबै मानिसहरूले बुझन सक्ने अनुभूति गर्न सक्ने भएकोले बाजाको स्थान व्यापक भएको छ र यही कारणले गर्दा नै सङ्गीतलाई विश्वव्यापी भाषा -ग्लष्खभचकब ीिबलनगबनभ) भनिएको हो । यस तथ्यले के पुष्टि गर्दछ भने हाम्रो नेपाली जनजीवनमा प्रचलित लोकबाजाहरूको महत्व केवल नेपाली समाज र नेपाली सङ्गीतमा मात्र सीमित छैन । विश्व सङ्गीत पनि उत्तिकै लोकपि्रय र महत्वपूर्ण हुन सक्ने कुरा निश्चित छ । विश्वका सम्पूर्ण बाजाहरूलाई सुर बाजा र ताल बाजा गरी दुई भागमा बाँडन सकिन्छ । यी दवै थरीका बाजाहरू नेपाली जनजीवनमा प्रशस्त छन । सङ्गीतमा जम्मा सातवटा सुरहरू हुन्छन् । यद्यपि ती सुरहरूलाई (ठाँउ र) भाषा अनुसार फरक फरक ढंगले उच्चारण गरिन्छ । ती सुरहरू विभिन्न तालहरूका दृष्टिले पनि नेपाली लोकबाजाहरू उत्तिकै सम्पन्न छन । त्यसैले प्राविधिक दृष्टिकोणबाट हेर्दा पनि नेपाली लोकबाजाहरू विश्व सङ्गीतको लागि कम उपयोगी छैनन् । विश्वका विभिन्न मुलुकबाट सङ्गीतका अनुसन्धानकर्ताहरू नेपालमा आई विभिन्न जाति जनजातीमा प्रचलित नेपाली लोकबाजाहरू सम्बन्धि अध्यन अनुसन्धान गरिसकेका छन र तत् सम्बन्धि विभिन्न पुस्तकहरू प्रकाशनमा समेत ल्याएका पनि छन । कतिपय विदेशी सङ्गीतमा नेपाली लोकबाजाको प्रयोग हुनु र विदेशी नागरिकहरूले नेपाल भ्रमणका अवसरमा मादल, सारङ्गी जस्ता बाजाहरू चाखपूर्ण रूपले बजाउन सिक्नु जस्ता उदाहरणहरूले नेपाली लोकबाजाहरूको लोकपि्रयतालाई प्रमाणित गरिसकेको छ । विश्वका विभिन्न मुलुकमा नेपाली लोकसङ्गीतसँग सम्बन्धित धेरै कार्यक्रमहरू आयोजना हुने गरेका छन् जसमा नेपाली लोकबाजा र नेपाली लोकसङ्गीतप्रतिको आकर्षण बढ्दोरूपमा रहेको छ । वास्तवमा भन्नु पर्दा नेपाली लोक बाजाहरूले नेपाल र नेपालीको पहिचानलाई उजिल्याएको छ, गौरवलाई उकासेको छ र विश्व भातृत्वको भावनालाई दरिलो बनाउँदै आएको छ । त्यसैले अमूर्त सम्पदाको आधारको रूपमा रहेको नेपाली लोकबाजाहरूको महत्वलाई बुझी तिनीहरूलाई विश्व सङ्गीतको पहुँचमा पुर्‍याई व्यापकता दिलाउनु आजको एउटा महत्वपूर्ण आवश्यकताको रूपमा देखा परेको छ । विदेशमा आयोजना गरिने साँङ्गीतिक कार्यक्रममा नेपाली बाजाको व्यापारको संभावना नेपाली सङ्गीत संस्कृतिलाई आफू जहाँ गएपनि एउटा सच्चा नेपालीले भूल्न सक्दैन । उच्च श्वेत धवल हिमाल, पहाडी गाँउघर र तराईका समथर भू-भागमा स्वतन्त्र चरा जस्तै हाम्रा मनहरू उडिरहन्छन । जूनसुकै देशमा जे जस्तो पेशा अपनाएता पनि जब उसलाई एक क्षण फूर्सद हुन्छ अनि लामो सुस्केरा हालेर संयोगका थोरै र बियोगका अथाह सङ्गीतमा उ डुबुल्की मार्छ र फेरी अर्को दिनको दैनिक कार्यको लागि उ नयाँ ऊर्जा थप्दछ । सङ्गीतले उसको जीवन सरल र देश वियोगको घाउलाई मलम लगाई दिएको छ । जो जहाँ भएपनि आफ्नो निवासमा नेपाली सङ्गीतका श्रब्य र दृश्य सामाग्री उसका झोलाहरूमा अवश्य हुन्छन् र त्यहि नेपाली सङ्गीतको थुंगाहरूले आफनो गाँउघरको सम्झना र खोटी कर्म बिर्साउँछन । सेनामा भर्ति भएका जवानदेखि अरव सागरका किनारमा निर्माण मजदुरको कार्य गर्ने नेपाली होस या युरोप अमेरिकाको काखमा आफ्नो श्रम बेच्दै पसिना जस्तै जीवन चुहाउने मान्छे होस सबैलाई नेपाली संङ्गीतमा रुचि हुन्छ । संगठितरूपमा नेपालीहरू बल्ल जुटन लागेका छन । भारतमा रहेका लाखौ लाख नेपालीहरूदेखि यूरोपको स-साना राष्ट्र बेल्जियममा समेत नेपालीहरू अनेकौ संघ संस्थाहरूमा कार्यरत रहेका छन । जात जति र क्षेत्रका सदस्यहरूलाई समेटेर ती संस्थाहरू आ-आफ्नो सदसयहरूको समस्याहरूका साथै लोक सङ्गीत संस्कृतिको कार्यक्रमहरू आयोजना गदै आईरहेको छ । तिज, बडादशैको टिका, तिहारको म्ह पूजा, देउसी भैलो र आजकल दोहोरी तथा अन्य धेरै साँङ्गीतिक कार्यक्रम आ-आफ्नै सदस्यहरूका बिच मनोरञ्जनपूर्वक मनाइन्छ । यस्तो लघु कार्यक्रमदेखि नेपालबाट गएका ख्याती प्राप्त कलाकारहरूका समेत यस्ता कार्यक्रमहरूमा सहभागिता रहेको हुन्छ । विदेशमा गरिने साँङ्गीतिक कार्यक्रमहरूमा सरकारी स्तरबाट जाने संस्थाहरूमा रेडियो नेपाल, साँस्कृतिक संस्थान -राष्ट्रिय नाचघर), राजकीय प्रज्ञा प्रतिष्ठान आदि छन भने अन्य दर्जनौ संस्थाहरू आफनै पहलमा गइरहेका छन । लेकाली समुह, मह जोडी, प्रस्तार, जनसाँस्कृतिक मञ्च, सुरसुधा, डाँफें कला मन्दिर, त्रिकाल, एभरेष्ट कल्चरल ग्रुप, गुरुकुल, एम.आर्ट थिएटर आदि छन । भारतका सिक्किम, दार्जिलिङ, भाक्सु, देहरादुन, असाम, दिल्ली, कलकत्ता, डुआर्स र भुटान, बंगलादेश, बर्मा, श्रीलंका, पाकिस्तान, थाईल्याण्ड, मलेसिया, सिंगापूर तिब्बत, चीन, उत्तरकोरिया, दक्षिण कोरिया, जापान, ताईवान, अष्टे्रलिया, न्यूजिल्याण्ड, रुस, जर्मन, बेल्जियम, बेलायत, फ्रान्स, क्यानाडा, संयुक्त राज्य अमेरिका, कतार, साउदी अरेबिया, बहराईन, दुबई, हङकङ आदि देशहरमा नेपाली सांङ्गीतिक कार्यक्रमहरू आयोजना गरिदै आएको छ । सबै भन्दा बढी कार्यक्रमहरू भने हङकङ र खाडी मुलुकहरमा आयोजन गरिन्छन् । उक्त कार्यक्रमहरूमा नेपाली लोक सङ्गीत क्षेत्रका कलाकारहरूको ब्यापक सहभागिता हुने गर्दछ । हिरण्य भोजपूरे, उर्मिला श्रेष्ठ, गणेश रसिक, बम बहादुर कार्की, लोचन भट्टराई, नारायण रायमाझी, कुन्ति मोक्तान, शिला आले, बुलु मुकारुङ, रामकृष्ण ढकाल, उदय मनिला सोताङ, आदि
नेत्र घ र्ती मगर

No comments: